हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली

डिसी नेपाल
२५ फागुन २०७६ १६:४६

काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न थालेका छन्। आइतबार मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिन दिउँसो ४ बजे अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार प्रधानमन्त्री ओलीलाई नियमित हिँडडुल गराउन थालिएको छ।

गएको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। आइतबार अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेम कृष्ण खड्काले बुलेटिन जारी गर्दै प्रधानमन्त्री ओलीका मूख्य तथा स्वास्थ्य परीक्षण सूचांकहरु सकारात्मक आएको बताएका छन्।

उनले प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित खाना पनि दिन थालिएको जानकारी दिएका छन्। सबै अवस्था ठिक भए सोमबार ओलीलाई डिस्चार्ज गरिने तयारी छ। यद्यपी बुलेटिनमा यो विषयमा केही उल्लेख गरिएको छैन।

यस्तै ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि क्रमिक सुधार भइरहेको छ। उनी पनि हिँडडुल गर्न थालेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *