आज र भोलि २ दिन सार्वजनिक विदा
जनकपुरधाम । फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा सरकारले लगातार दुई दिन सार्वजनिक विदा दिएको छ ।
प्रदेश २ सरकारले होली पर्वको अवसर पारेर क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक विदा दिएको हो।
२७ गते नै तराई मधेशमा होली पर्व मनाउन लागिए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २८ गते होली पर्व मनाइँदैछ।
यसैबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।
देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिदैं मुख्यमन्त्री राउतले सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन्।
नेपालको पहाडी तथा हिमाली क्षेत्रमा भने हिजो सोमबार फागु पूर्णिमा (होली) मनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment