होली खेलेर नुहाउन गएका नेविसंघका नेताको मृत्यु
काठमाडौं । डडेल्धुरामा होली खेरेर नुहाउन गएका एक विद्यार्थी नेताको ज्यान गएको छ ।
होली खेलेपछि बाथरुम छिरेका नेपाली कांग्रेसको भातृ संगठन (नेविसंघ) का डडेल्धुरा सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका हुन्।
ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment