कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

डिसी नेपाल
२७ फागुन २०७६ १८:००

काठमाडौं। विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्धको रणनीति तय गर्न सरकारले सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ। कोरोना रोकथाम गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिको मंगलबारको बैठकमा सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

कोरोना विरुद्धको लडाईँमा देश एकजुट रहेको सन्देश दिन पनि सर्वदलीय बैठक बोलाउन लागिएको उनले बताए। यद्यपी बैठकको मिति भने तय भइनसकेको उनले जानकारी दिए।

उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको कोरोनाहालसम्म नेपालमा नफैलिए पनि विदेशमा रहेका ३ जना नेपाली भने संक्रमित भएको पुष्टि भइसकेको छ। यूएई र अष्ट्रेलियामा रहेका तीजना नेपालीहरु संक्रमित भएको पुष्टि भएको छ।

उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतमा समेत कोरोना फैलिँदा नेपालको चिन्ता झन बढेको छ। उता दक्षिण कोरिया र खाडी मुलुकमा समेत कोरोना फैलिएपछि नेपाल थप जोखिममा छ। खाडी तथा कोरियामा नेपालीहरुको ठूलो संख्या छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *