‘बाटोको काँडा’मा नरेश र रेविका
काठमाडौं। सञ्चारकर्मी नरेश भट्टराई र अभिनेत्री रेविका गुरुङको अभिनयमा ‘बाटोको काँडा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा सपन कुमार राईको आवाज तथा तारा प्रकाश लिम्बुको शब्द/संगीत सुन्न सकिन्छ।
भिडियोलाई चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन्। रामकुमार केसीले छायाँकन गरेको भिडियोलाई धु्रवराज पराजुलीले सम्पादन गरेका हुन्। भिडियो ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment