‘बाटोको काँडा’मा नरेश र रेविका

डिसी नेपाल
२८ फागुन २०७६ १२:२६

काठमाडौं। सञ्चारकर्मी नरेश भट्टराई र अभिनेत्री रेविका गुरुङको अभिनयमा ‘बाटोको काँडा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा सपन कुमार राईको आवाज तथा तारा प्रकाश लिम्बुको शब्द/संगीत सुन्न सकिन्छ।

भिडियोलाई चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन्। रामकुमार केसीले छायाँकन गरेको भिडियोलाई धु्रवराज पराजुलीले सम्पादन गरेका हुन्। भिडियो ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *