लागुऔषधसहित एकजना पक्राउ
सांकेतीक फाेटाे-
मोरङ । १ नम्बर प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार साँझ अवैध लागुऔषधसहित बिराटनगर महानगरपालिका १५ चाइना मार्केटबाट एक जनालाई पक्राउ गरेको छ।
पका्रउ पर्नेमा बेलबारी नगरपालिका ८ गौँथली चोक बस्ने २९ बर्षीय कमानसिंह राई रहेका छन। प्रहरीले भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका शंकित पैदलयात्री राईलाई जाँच गर्दा १५ गा्रम बा्रउन सुगर सहित फेला पारेको थियो।
अनुसन्धानका क्रममा राईले उक्त बा्रउन सुगर भारत जोगवनीबाट करिब ५० हजार रुपैयाँमा खरिद गरी आफू सेवन गर्ने तथा अन्य सेवनकर्तालाई प्रति डोज १ हजार रुपैयाँका दरले करिब १ लाख ५० हजार रुपैयाँमा गर्ने योजना रहेको बताएका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment