घरभाडामा ५० प्रतिशत छुटको माग

डिसी नेपाल
१ चैत २०७६ १८:०२

काठमाडौं । घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसँग समुन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरसका कारण पर्यटन व्यवसाय लगायतका अन्य व्यवसायहरु धरासायी बन्दै गरेको अवस्थामा तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसँग समुन्वय गरी घरबहालमा छुट दिने व्यवस्था गर्न माग गरेका हुन् । व्यवसायिक करमा समेत सोही आधारमा नीतिगत व्यवस्था गरी विशेष छुटको व्यवस्था गर्न महासंघले माग गरेको छ ।

महासंघले कोरोना भाइरसका नाममा अत्यावश्यक सामानहरु लुकाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेकाले अवस्थामा सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेको छ । चीन र भारतका नाकाहरु बन्द भए आम दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक वस्तुको भण्डारण गर्न र सहज आपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।

महासंघले बहाल व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने, दर्ता गर्ने, प्रमाण दिने किटानी सहितको निकायगत संरचनाको अभाव रहेको जनाएको छ । बहाल लिनेदिनेको वास्तविक तथ्याङ्कको अभाव बहाल विवाद निरुपण आयोग, विभाग, बहाल इजलास र बहाल दिने लाई कर चुक्ताको दायरामा ल्याउने गरी बाध्यकारी अवस्था नदेखिएकोले सुधार गर्नुपर्ने माग महासंघले गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *