बसको ठक्करले बालकको मृत्यु

डिसी नेपाल
२ चैत २०७६ २२:१६

लहान । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *