ठूलो मात्रामा लागुऔषधसहित १२ जना पक्राउ
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीकाक्रममा ३ महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पछिल्लो १२—१२ दिनमा चलाएको अभियानमा व्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ । नेपालमा लागुऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ ।
मुख्य नाकामध्ये वीरगञ्जमा लागुऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षिय विकाश कुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाईसमेत पक्राउ गर्न सफल भएको जनाएको छ । उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ ।
उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०)लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुर्लाइ पक्राउ गरिएको व्युरोका प्रमुख बसन्त बहादुर लामाले बताए ।
चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो ।
व्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय सहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ । उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।
यसैगरी, फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राज कुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।







डिसी नेपाल








Facebook Comment