खाना पकाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

डिसी नेपाल
४ चैत २०७६ २१:२८

मध्यपुरथिमि । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै रक्सी खाएको र रक्सी खादा खाना पकाउने विषयमा झगडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कुटपिट गरी हत्या गरेको खुल्न आएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.