राजपा अध्यक्ष मण्डलकाे संयाेजकमा भण्डारी
काठमाडौं। चक्रीय प्रणाली अपनाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरद्सिंह भण्डारीले पाएका छन्।
राजपा महासचिव केशव झाका अनुसार बुधबारदेखि भण्डारीले अध्यक्ष मण्डलको संयोजक चयन भएका हुन्।
भण्डारीले आजैदेखि संयोजकको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि महेन्द्रराय यादव अध्यक्ष मण्डलको संयोजक थिए। ६ अध्यक्ष रहेको राजपामा चक्रीय प्रणाली अनुसार दुई÷दुई महिना पार्टीको नेतृत्व गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment