परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच न्युयोर्कमा भेटवार्ता

डिसी नेपाल
७ असोज २०८३ ६:४७

न्युयोर्क। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ।

न्युयोर्कस्थित नेपाली नियोगका अनुसार भेटका क्रममा नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयका साथै हालै भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछिको राहत, उद्धार तथा पुनर्निर्माणका प्रयासहरूबारे गहन छलफल भएको थियो।

सो अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूमा अमेरिकाको निरन्तर सहयोग र सहकार्यबारे समेत विचार-विमर्श भएको छ।

उच्चस्तरीय भेटघाटको अवसरमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्रसचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको नेपाली नियोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *