काँग्रेसका नेता पोख्रेलको पहलमा प्युठान अस्पतालमा सहयोग सामाग्री हस्तान्तरण
प्युठान । जिल्ला अस्पताल बिजुवार प्युठानमा नेपाली काँग्रेसका नेता एवं पुनः निर्माण प्राधिकरणका पूर्वसिइओ डा. गोविन्दराज पोख्रेलको पहलमा अस्पतालका बिरामीका लागि सामग्री सहयोग गरिएको छ।
नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गरेका हुन् ।
चौधरीले सहयोग गरेका सामग्रीलाई आज पोख्रेल, प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलगायतको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
अस्पताल आएका बिरामीका लागि सहयोग पुग्ने उद्देश्यले ३५ थान म्याटिक्स, ३५ थान कम्मल, ७० थान बेड सिट, ३५ थान सिरानी, गरी करिब र तीन लाख बराबरको सामग्री अस्पतालका निमित्त सुपरिटेन्डेन डा अमृत पन्थीलाई पहलकर्ता डा पोख्रेलले हस्तान्तरण गरेका हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment