गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित
काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । विश्वभर देखिएको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै सामान्य अवस्था नबनेसम्मको लागि निर्माण कार्य स्थगित गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले शनिबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको संक्रमणलाई ध्यानमा राखेर सरकारले २५ जना भन्दा बढी एक ठाउमा जम्मा नहुनु अपिल गरेको जनाउँदै सामान्य अवस्था नहुन्जेलसम्मका लागि रंगशाला निर्माण कार्य स्थगित गरिएको जनाएको छ । रंगशाला निर्माणमा हाल २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिरहेको समेत फाउन्डेसनले जनाएको छ ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment