कोरोनाभाइरससँग सम्बन्धित परामर्श चाहिए चिकित्सकलाई फोन गर्नुहोस् (फोन नं. सहित)
काठमाडौं । विश्वमा महामारीको रुपमा देखिएको कारोना सम्बन्धि कुनै पनि परामर्श चाहिए विज्ञ चिकित्सकलाई फोन गर्न सकिने छ । नेपाल चिकित्सक संघले आइतबार एक विज्ञप्ति प्रकशित गरी सिधै फोनमा परामर्श लिन सकिने बताएको हो ।
विभिन्न रोगसँग सम्बन्धित १३ जना विज्ञहरुको मोबाइल नं. सहितको विज्ञप्ति निकाल्दै संघले सर्वसाधारण नागरिकलाई कोरोनाको वारेमा कुनै पनि परामर्श चाहिए सिधै फोन गर्न अपिल गरेको हो ।
विश्वभर महामारीको रुपमा देखिएको कोरोनाभाइरस संक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको छ। नेपालमा कोरोना भित्रिन नदिन सरकारले सम्पूर्ण नागरिकलाई भीडभाड हुने स्थलमा नजान तथा घरभित्रै सुरक्षित रहन अपिल गरेको छ।
सरकारले गरेको उक्त अपिललाई कार्यान्वयन गर्न नेपाल चिकित्सक संघले पनि सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेको छ। संघले आइतबार सूचना निकाल्दै कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता केन्द्रिय कार्यालयका चिकित्सकहरुलाई सम्र्पक गर्न जानकारी दिएको छ।
यस्ताे रहेको छ नेपाल चिकित्सक संघले जारी गरेको सूचनाः
No ads found for this position


डिसी नेपाल
Facebook Comment