कोरोनाका कारण जापान फर्किन नपाएका एक युवकको दुर्घटनामा परी मृत्यु
काठमाडौँ । दाङमा स्कुटी दुर्घटनामा परी एक जना पुरुषको ज्यान गएको छ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार भन्ने स्थानमा रा ३ प ५४३० नम्बरको स्कुटी दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ वर्षीय अमित सिंह धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरीले जनाएको छ ।
जापान पढ्न गएका धामी गत कार्तिकमा घर फर्किएका थिए।
कोरोनाका कारण जापान फर्किन नपाएका उनी साथीहरू भेट्न लमही जान्छु भनी आइतबार दिउँसो घरबाट निस्किएको र एकैपटक आज बिहान प्रहरीले खबर गरेपछि घटनाका बारेमा आफूहरूलाई थाहा भएको धामीको पारिवारीक स्रोतले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment