लकडाउनमा घरबाहिर निस्किए १ महिना कैद !
काठमाडौँ । काठमाडौँमा कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले पूरै नेपाल लकडाउन गरेको छ। तर अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन्।
हिजो सोमबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय (लकडाउन गर्ने) गरेको हो ।
उक्त नियम ७७ वटै जिल्लामा लागू हुने र उक्त निर्देशनको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समितिले जनाएको छ।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित एक बिरामी नेपालमा भेट्टिएको पुष्टी भएसँगै पूर्व सतर्कतास्वरुप सरकारले आजदेखिनै लागु हुनेगरी लकडाउन गरेको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment