कोरोना संक्रमित भएकी नेपाली युवतीसँगै कतार एअरवेजबाट नेपाल आएका १२५ जनाको ठेगाना पत्ता लाग्यो

डिसी नेपाल
११ चैत २०७६ २०:२१
8
Shares

काठमाडौं। कोरोना संक्रमित भएको पुष्टि भएकी नेपाली युवती आएको विमानका अन्य यात्रुको ठेगना पत्ता लागेको नेपाल प्रहरीले जनाएको छ। संक्रमित पुष्टि भएकी ती नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको हो।

प्रहरीले सो विमानका यात्रुहरुको ठेगना पत्ता लगाएसँगै उनीहरुलार्य क्वारेन्टाइनमा बस्न र स्वास्थ्य परीक्षण गराउन भनिसकेको जनाइएको छ। प्रहरीले ती १२५ जना नेपालको विभिन्न भागमा रहेको भन्दै आफू मातहतका प्रहरीकाा ईकाईमाफर्त पत्राचार गरिएको जनाएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएकी थिइन्। युवती कोरोना संक्रमित भएको पुष्टि भएसँगै अन्य यात्रुबारे खोजी शुरु भएको थियो। प्रहरीले १२५ जना यात्रुको नाम भने खुलाएको छैन।

स्वास्थ्य मन्त्रालयको समन्वयमा ती सबै १२५ जनाकै स्वास्थ्य परीक्षण् गरिने छ।
नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *