सुर्खेतमा एक दिनमै १ सय ४२ सवारी प्रहरी नियन्त्रण

डिसी नेपाल
१२ चैत २०७६ २१:१९

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा प्रतिकार्यका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ अवज्ञा गर्ने सुर्खेतका १ सय ४२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ‘लकडाउन’ उलङ्घन गर्ने सुर्खेतका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ९२ थान रहेका छन् ।

‘लकडाउन’को दोस्रो दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४०, ईलाका प्रहरी कार्यालय छिन्चुले १८, लेकबेसीले ८, बाबियाचौर १३, अस्थायी प्रहरी चौकी गोठीकाँडाले ११, प्रहरी चौकी सुब्बाकुनाले १५, बड्डीचौरले २३ र बाङ्गे सिमलले १४ गरी जम्मा १ सय ४२ सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

नियन्त्रणमा लिइएका सवारी साधनहरु ‘लकडाउन’ अवधिभर जिल्ला प्रहरी कार्यालयमा राखिने उनले बताए। सूचना अधिकारी रायमाझी अनुसार ‘लकडाउन’को पहिलो दिन मंगलबार सुर्खेतमा ३ सय ३५ सवारी साधन नियन्त्रणमा लिईएको थियो । जसमा मोटरसाईकल मात्र २ सय ३७ थान थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *