युरोपको एकमात्र देश जो कोरोनाभाइरससँग पटक्कै डराएको छैन

डिसी नेपाल
१४ चैत २०७६ १४:१७

काठमाडौं। विगत केही दिनदेखि युरोप कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ । कैयौं देशका रकारले नागरिकलाई घरबाट बाहिर ननिस्किन भनेका छन् र भाइरस फैलिनबाट रोक्न प्रतिबन्ध लगाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ जहाँ अधिकारीहरु यो भाइरसका बढिरहेका बदमलाई रोक्न आम जनजीवनमा प्रतिबन्ध लगाइरहेका छैनन् । कोरोना महामारीसँग जुध्नको लागि बेलारुस आफ्ना निकट छिमेकी युरोपेली देश युक्रेन र रुसले जस्तै कडा कदम उठाइरहेको छैन ।

युक्रेनले छिटै कोरोनाभाइरस रोक्नको लागि संकटकाल घोषणा गर्न सक्छ । रुसले पनि स्कुलहरु बन्द गरेको छ । सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र देशमा आउने र जाने सबै उडानहरुलाई रद्द गरेको छ । तर, बेलारुसमा सबै कुरा सामान्य दिनमा झैं चलिरहेका छन् । देशका सीमाहरु पहिलेजस्तै खुला छन् मानिसहरु काममा गइरहेका छन् र जरुरी सामान किन्नको लागि पसलतर्फ दौडिइरहेका छैनन् ।

डरको आवश्यकता छैन

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लूकाशेन्को भन्छन् ‘तत्काल देशमा कोरोना फैलिनबाट रोक्न हतारिएर कदम उठाउनु आवश्यक छैन ।’ मंगलबार किंस्कमा चीनका राजदूतसँग भेटघाटपछि उनले भने ‘घटनाहरु त भइरहन्छन्, उनीहरुलाई लिएर नागरिकमा डर नफैलियोस् भन्ने जरुरी छ ।’ बेलारुसमा न त सिनेमाघर र थिएटर बन्द गरिएका छन् न त यहाँ सार्वजनिक कार्यक्रम गर्न कुनै किसिमको प्रतिबन्ध छ ।

बेलारुस विश्वका ती सीमित देशहरुमध्ये एक हो जसले यहाँ हुने फुटबल च्याम्पियनशिप रद्द गरेको छैन । यहाँ भइरहेका फुटबल म्याच सामान्य दिनमा जस्तै संचालन भइरहेका छन् र छिमेकी रुसका फुटबल प्रेमीहरुको लागि टेलिभिजनमा पनि म्याचको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

कोरोनाभाइरसलाई ट्रयाक्टरले रोक्छ

राष्ट्रपति लूकाशेनकोले हालै भनेका थिए ‘कोरोनाभाइरसलाई एउटा ट्रयाक्टरले रोक्नेछ ।’ उनको यो बयान बेलारुसको सामाजिक संजालमा चर्चामा रह्यो र मानिसहरुले यसमा चर्चा गरे, कैयौंले यसको मजाक बनाए । यद्यपि राष्ट्रपतिको बयान खेतमा काम गर्ने विषयमा थियो । उनले यो पनि भनेका थिए कि उनी स्वयं महिरा पिउँदैनन् तर कोरोनालाई रोक्न पिउनु परेका उनी एक घुट्को भोड्का पिउन सक्छन् ।

यद्यपि बेलारुसका आम नागरिक विश्वमा भइरहेको कोरोनाको प्रकोपबाट बेखबर छैनन् । उनीहरु यो भाइरसको बढ्दो कदमलाई लिएर चिन्तित छन् । मिंस्कमा कैयौं युवा र स्कुले विद्यार्थी बिरामी भएको बहाना बनाएर विद्यार्थीले भरिएको कक्षामा जानबाट बचिरहेका छन् । विद्यार्थीको समस्या कम गर्नको लागि कलेज र युनिभर्सिटीले आफ्नो कक्षाको समय केही अगाडि सारेका छन् ताकि विद्यार्थी सार्वजनिक यातायातमा हुने भिडबाट बच्न सकुन् ।

मिंस्कका सडकमा मानिसहरु कम नै देखिइरहेका छन् र उनीहरु भन्छन् उनीहरुलाई थाहा छ कि वृद्धहरुलाई भाइरसबाट धेरै खतरा छ । तर, कोरोनालाई लिएर यस किसिमको कुनै जागरुकता अभियान अधिकारीहरुको तर्फबाट गराइएको छैन । राष्ट्रपति लूकाशेन्कोले विदेशबाट बेलारुस आउने सबैको कोरोनाभाइरस टेस्ट गराइने गरेकोले चिन्ता गर्ने कुनै कुरा नभएको बताएका छन् । उनी दावी गर्छन् ‘एक दिनमा २ वा ३ जनाको टेस्टको नतिजा पोजेटिभ आइरहेका छन् । यस्ता केसमा उनीहरुलाई क्यारेन्टाइनमा पठाइने गरेको छ । उनीहरुलाई डेढ हप्ता वा २ हप्तामा छाड्ने गरिएको छ ।’

हल्ला फैलाउनेलाई छाड्दैनौं

लुकाशेन्को चिन्ता लिनु र मानसिक तनाव लिनु निकै खराब रहेको बताउँछन् । उनका अनुसार शायद यो भाइरस भन्दा धेरै खतरनाक हुन्छ । उनले देशको खुफिया एजेन्सी बेलारुस केजीबीलाई ‘आम जनतामा हल्ला फैलाउने र डर फैलाउनेहरुलाई पक्रन’ आदेश दिएका छन् । अहिलेसम्म देशमा कोरोनाभाइरसका कूल ८६ संक्रमित फेला परेका छन् । यहाँ यसको कारण मात्र २ मृत्यु भएका छन् । बेलारुसले यो कुराको पुष्टि गरेको छैन कि मृत्युको कारण कोरोना हो तर मृत्युको कारण भाइरस नै भएको मानिएको छ ।

बेलारुस कैयौं अर्थमा युरोपका अन्य देशहरुभन्दा फरक छ । यो युरोपको अन्तिम यस्तो देश हो जहाँ अझै पनि मृत्युदण्डको कानुन छ । देशका विपक्षी अभियन्ता एन्ड्रे किम सरकारका कडा आलोचक हुन् तर कोरोनाभाइरस सम्बन्धी कुरामा भने उनी राष्ट्रपतिको समर्थन गर्छन् । किमले आफ्नो फेसबुकमा लेखेका छन् कि लुकाशेन्को बिल्कुल सही छन् किनकि ‘यदि उनले पूरै देशका मानिसहरुलाई बाहिर निस्किनसँग सम्बन्धित प्रतिबन्ध लगाए भने बेलारुसको अर्थव्यवस्था धर्मराउनेछ । यहाँ चीजहरु अलग छन् र बेलारुस यस्तो एकमात्र देश हो जहाँ सरकार नागरिकको हित सोचेर काम गर्छ न कि जनकल्याणकारी योजनाहरुमा निर्भर गर्छ ।’

उनले अगाडि भने ‘म मान्छु कि यो भन्दा मैले कडा आलोचना झेल्नु पर्नेछ तर जब जताततै पागलपन छ भने तपाइँ चुप रहन सक्नुहुन्न ।’ उनी भन्टन् ‘पागलपन भन्नाले मेरो मतलब कोरोना भाइरसलाई लिएर विश्वभरमा जुन तरिकाका कदम उठाइएका छन् तिनीहरुसँग हो ।’ उनी केही नगरेर बेलारुसलाई दरबाट टाढा राख्न सकिने विश्वास गर्छन् । -बीबीसीबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *