टोकियोमा आज थप ६० जना करोना संक्रमित भेटिए

डिसी नेपाल
१५ चैत २०७६ १४:३०

ज्याक खड़का टोकियो, जापान ।

तीनदिन यता कोरोना भाईरसबाट संक्रमित ४० बढी भेटिएको राजधानी टोकियोमा त्यो संख्यामा झनै बृद्धि भएको छ ।

संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन संक्रमितको संख्या ६० बढी थपिएको छ ।

कोरोना भाईरस संक्रमित भेटिएको २९ दिन यता टोकियोमा यतिधेरै संक्रमित पाईएको यो पहिलो घटना हो ।

आज थपिएको यो संख्या सँगै राजधानी टोकियोमा मात्र कोभिड १९ बाट संक्रमितको संख्या ३ सय ५९ पुगेको छ ।

आज दिनभरको तथ्यांक राती अबेर मात्र आउने भएकाले संक्रमितको संख्या अझै थपिने अनुमान गरिएको न्युज२४ डट जेपिले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *