कोरोना त्रासदीका कारण जर्मन अर्थमन्त्रीले गरे आत्महत्या

डिसी नेपाल
१६ चैत २०७६ २२:३०

बर्लिन (एजेन्सी)। जर्मनीको हेस प्रान्तका अर्थमन्त्री थोमस् शेफरले आत्म हत्या गरेका छन्। उनले कोरोना (कोभिड १९) संकटसँग कसरी लड्ने भन्ने त्रासले आत्महत्या गरेको जर्मन सञ्चार माध्यमले दावी गरेका छन्।

शनिबार उनको शरी हाई स्पीड ट्रेनको ट्र्याकमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रेन ट्र्याकमा फेला परेको शव थोमसको रहेको पुष्टि गरेको। प्रहरीले यसलाई आत्महत्या हुनसक्ने भनेको छ। तर, यो विषयमा विस्तृत विवरण भने प्रहरीले दिएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

तर, उनी पछिल्ला दिनहरुमा कोरोना त्रासदीका कारण् चिन्तामा रहेको जनाइएको छ। थोमस जर्मन चान्सलर एंगेला मर्केलको पार्टी क्रिष्चियन डेमोक्रेटिक पार्टीका नेता थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *