मादक पदार्थ सहित चालक र जिप प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१७ चैत २०७६ १९:११

म्याग्दी । जिल्लामा पहिलो पटक संक्रामक ऐन २०२० अन्र्तगत कारवाही प्रकृया शुरु भएको छ ।अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसार पसार गर्ने बेनीबाट राखु तर्फ जादै गरेको ग२च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बर्ष १९ को सुनिल कुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गाउँपालिका १८ को असल परियारलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

म्याग्दीका प्रहरी प्रमुख किरणजंग कुँवरका अनुसार तीन कैद र नगद जरिवान सुनाएको छ । संक्रमण रोक्न अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामा,त्यस्ता वस्तु तथा सेवाहरूको कालोबजारी मदिरा जन्य पदार्थको ओसार पसार नियन्त्रण अत्यावश्यक बाहेक हिडडुलमा प्रतिवन्ध लगाएपछि उनीहरुले मदिरा बोकेर सवारी साधान चलाएका कारण सो ऐन आकर्षित गरी कारवाही गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.