९४ वर्षकी वृद्धाले कोरोनाभाइरसलाई जितिन्, निको भएर घर फर्किइन्

डिसी नेपाल
१९ चैत २०७६ ९:२९

काठमाडौं। कोरोनाभाइरले विश्वभर हजारौं मानिसको ज्यान लिइसकेको छ । तर, बेलायतमा भने एक ९४ वर्षकी वृद्धा कोरोनाभाइरसलाई जितेर घर फर्किएकी छिन् । ९४ वर्षकी जोय नामकी ती वृद्धाको थर खुलाइएको छैन । बीबीसीका अनुसार बेलायतको सफोल्ककी यी अवकाशप्राप्त नर्सलाई कोरोनाभाइरस पोजेटिभ र निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

स्वासप्रश्वास समस्या र शरीरको तापक्रम बढेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो। संक्रमितमध्ये ज्यान गुमाउनेहरुमा बृद्धबृद्धाहरुको संख्या अत्यधिक रहेकामा ती बयोबृद्धा उपचारपछि निको भएकोमा चिकित्सक र आफन्तहरुले अद्भुत उपलब्धी भएको बताएका छन्। उनले उपचारका क्रममा उनमा निकै बलियो आत्मविश्वास देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अस्पतालको शय्यामा रहँदा ती महिलाले लगातार आफू घर जान चाहेको बताउने गरेकी उनका नातीले जानकारी दिएका छन्। अस्पतालबाट डिस्चार्ज भएकी ती महिलाले अब आफू १४ दिनसम्म क्वारेन्टिनमा बस्ने इच्छा व्यक्त गरेको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *