कोरोना महामारीः भारतमा ज्यान गुमाउनेको संख्या ४७ पुग्यो, २४ घण्टामा ३१५ संक्रमित

डिसी नेपाल
१९ चैत २०७६ १०:२३

काठमाडाैँ । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ। विश्वका २०२ देशमा महामारी तिब्र भइरहँदा भारतमा पनि कोरोनाको संक्रमण तिब्र बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३१५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २९ पुगेको छ। जसमध्ये १२३ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् भने ४४१ जनाको अवस्था गम्भिर रहेको छ ।

हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतका दिल्ली, महाराष्ट्र, केरला र तमिलनाडुमा कोरोनाको प्रभाव सबैभन्दा बढी परेको छ।

आज भारतमा आठौँ दिनको लकडाउन जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *