संकटकाबेला देश सम्झेर आएका नेपालीलाई तिरस्कार गर्नु दुर्भाग्यपूर्णः नेता पौडेल
फाईल तस्बिर
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेलले भारतबाट फर्केर आउँदा सीमानामा फँसेका नेपाली प्रति तिरस्कार गरी स्वदेश प्रवेमा रोक लगाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै अन्य मुलुकबाट आएका नागरिकमार्फत कोरोना संक्रमण फैलनसक्ने बारे सचेत हुन आवश्यक भएपनि स्वदेश आउनै रोक लगाएर नागरिकको हक खोस्न नमिल्ने बताएका हुन् ।
नेता पौडेलले संकटकाबेला देश सम्झेर आएका नेपालीहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्नु दुर्भाग्य भन्दै लेखेका छन्, “धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन।उनिहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आबश्यक छ तर नागरिकलाई प्रबेशमा रोक लगाएर नागरिक हक खोस्न पाइदैन।संकटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दही बन्न मिल्दैन” ।
धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन।उनिहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आबश्यक छ तर नागरिकलाई प्रबेशमा रोक लगाएर नागरिक हक खोस्न पाइदैन।संकटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दही बन्न मिल्दैन@PradeepgyawaliK
— Pradip Paudel (@paudelpradipNC) April 1, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment