कोरोना उपचारमा शतप्रतिशत सफल डाक्टर जसले ६९९ बिरामीको सफल उपचार गरिसके

डिसी नेपाल
१९ चैत २०७६ ११:५५

काठमाडौं। कोरोनाभाइरस संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिइरहेका बेला एक डाक्टरले आफूले शतप्रतिशत सफलतापूर्वक ६९९ बिरामीको उपचार गरेको बताउँदै आफूले प्रयोग गर्ने औषधीको खुराकबारे महत्वपूर्ण जानकारी दिएका छन् । उनले आफूले शतप्रतिशत सफल उपचार गर्नको लागि हाइड्रोक्सिक्लोरोकिन सल्फेट, जिंक र एजिथ्रोमाइसिन (जेड–प्याक) प्रयोग गरेको जानकारी दिएका छन् ।

न्यूयोर्ककका बोर्ड सर्टिफाइड फेमिली प्राक्टिसनर डा. भ्लादिमिर जेलेन्कोले ३५० कोरोनाभाइरस संक्रमितको सफल उपचार गरेपछि एक साताअघि गत बुधबार उनको सफलताको कथा टेकस्टार्टअप्समा प्रकाशित भएको थियो । अहिले उनको नयाँ खुलासा पनि टेकस्टार्टअप्समै प्रकाशित भएको हो । त्यसपछिको एक हप्ताको अवधिमा उनले पुनः त्यति नै संख्यामा थप सफल उपचार गरिसकेका छन् । यसका लागि उनले विभिन्न औषधीहरुको मिश्रण प्रयोग गर्छन् ।

डा. जेलेन्कोका अनुसार उनले यो उपचारपछि सास फेर्ने समस्यामा ४ देखि ६ घण्टापछि सुधार भएको देखेका छन् । अहिले डा. जेलेन्कोले ६९९ बिरामीको सफल उपचार गरिसकेपछि आफ्नो उपचार पद्धतिबारे थप अपडेट उपलब्ध गराएका छन् । न्यूयोर्ककका पूर्व मेयर रुडी जिउलिनीसँगको एक अन्तरवार्तामा डा. जेलेन्कोले आफ्नो पछिल्लो अध्ययनको नतिजा सार्वजनिक गरेका छन् । उनको पछिल्लो अध्ययनमा उनले उपचार गरेका बिरामीमध्ये ६९९ बिरामीको सफलतापूवृक निको भएका छन्, एक जनाको पनि मृत्यु भएको छैन, एक जनालाई पनि कृत्रिम श्वासप्रश्वास गराउनु परेको छैन र मात्रै ४ जना अस्पताल भर्ना भएका छन् ।

डा. जेलेन्कोका अनुसार यो पूरै उपचारको लागि मात्रै २० डलर लाग्छ । उपचारको लागि ५ दिनको समय लाग्छ र यसले शतप्रतिशत ठिक उपचार हुन्छ । उनले आफ्नो सफलतालाई ‘मृत्यु नहुनु’को रुपमा परिभाषित गर्छन् । डा. जेलेन्कोले पहिलोपटक गत हप्ता एक फेसबुक भिडियोमार्फ राष्टपति डोनाल्ड ट्रम्पलाई ‘पूरै देशलाई यो औषधी सेवन गर्न सुझाव दिन’ आग्रह गरेका थिए ।

हाइड्रोक्सीक्लोरोकिनले उपचारमा सफलता पाएका अन्य घटनाहरु पनि छन् । गत हप्ता न्यूयोर्कको लेनोक्स हिल हस्पिटलका अंकोलोजिस्ट डा. विलियम ग्रेसले पनि यौ औषधीका कारण आफ्नो अस्पतालमा एक जनाको पनि मृत्यु नभएको बताएका थिए । नेशनल इन्स्टिच्युट अफ हेल्थको एक अध्ययनले पनि डा. जेलेन्कोको नतिजालाई पुष्टि गर्छ । डा. जेलेन्कोको अन्तरवार्ता तल हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *