महानगरीय प्रहरी कार्यालयलद्धारा निस्शुल्क खाद्य सामग्री वितरण
काठमाण्डौ । महानगरीय प्रहरी कार्यालयले हिमालय वृद्धाश्रम केन्द्र गोगंबुमा आश्रित ३५ जना, अपाङ्ग आश्रय नेपाल मूलपानीमा रहेका ४५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु १७ जनालाई निशुल्क खाद्य सामग्री बितरण गरेको छ।
कोरोना भाइरस ९कोभिड १९० महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत छैठौंदिन शुक्रबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका हुन।
मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताए ।
साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गरे ।
Facebook Comment