बलात्कारको आरोपमा दुई जना पक्राउ
नुवाकोट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment