ओपन गोल्फ च्याम्पियनशिपको १४९ औं संस्करण कोविड १९ माहामारीको कारण रद्द
काठमाडौं । खुला गोल्फ च्याम्पियनशिपको १४९ औं संस्करण कोरोनाभाइरसको कारण रद्द गरिएको छ। यो च्याम्पियनशिप यस वर्ष जुलाईमा केन्टमा आयोजित हुने तय भएको थियो तर विश्वव्यापी कोरोनाभाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै यसका आयोजकहरूले खेल सोही स्थानमा २०२१ मा यो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छन्। दोस्रो विश्वयुद्ध पछि पहिलो पटक यो प्रतियोगिता रद्द भएको हो ।
यस अघि विम्बलडन पनि कोरोना महामारीको कारण रद्द गर्ने निर्णय गरिएको थियो र दोस्रो विश्वयुद्ध पछि पहिलो पटक यो प्रतियोगिाता पनि रद्द गरियो। अखिल इङल्यान्ड क्लबको आपतकालीन बैठक पछि यस वर्ष यो प्रतियोगिता नहुने घोषणा गरिएको हो। विम्बल्डन क्लबको ग्रासकोर्ट १९ जुनदेखि १२ जुलाई सम्म हुने तय भएको थियो।
अब प्रतियोगिताको अर्को सत्र २८ जुनदेखि ११ जुलाई २०२१ मा हुनेछ। प्रतियोगिता पहिलो पटक १८७७ मा भएको थियो र त्यसपछि यो वार्षिक रूपमा आयोजना हुदै आएको थियो ।
टोकियो ओलम्पिक कोरोना भाइरसको कारण स्थगित भैसकेको छ। विम्बल्डन पहिलो ग्रान्ड स्लैम हो जुन महामारीका कारण रद्द गरियो, मे महिना आयोजना हुने फ्रान्सेली ओपन पनी अब सेप्टेम्बरको अन्तमा आयोजना हुनेछ। युएस ओपन न्यू योर्कमा अगस्त ३१ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment