जग्गाको बिषयमा वादविवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ
झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जग्गाको बिषयमा वादविवाद हुँदा खनालले छिमेकी ३२ वर्षीया सुभद्रा गेलाल समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइतेहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment