वीरगंन्जका सबै मस्जिदहरु सिल गर्ने तयारी
काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ । वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो । पर्सा प्रहरी प्रमुख गंगा पन्तले मस्जिद क्षेत्रलाई निगरानी बढाइएको र सिल गर्न लागिएको बताइन ।
विरगंजको छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो । त्यहाँको रिपोर्टले संक्रमित देखिएपछि थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएकोमा आइतबार त्यहीँबाट पनि पोजेटिभ रिपोर्ट आएपछि मस्जिद क्षेत्रमा सिल गर्न प्रहरी परिचालन गरिसकिएको छ ।
हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई अब अस्पताल भर्ना गर्ने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ । साथै उनीहरुको सम्पर्क रहेका सबैलाई क्वारेन्टाइनमा राख्न प्रहरी जुटिरहेको छ ।







डिसी नेपाल








Facebook Comment