फेरि पनि भत्कियो गुल्मीमा निर्माणाधीन पक्की पुल
गुल्मी । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ।
बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो ।
अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो। भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो।
बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए।
तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको जिम्मा पाएको थियो। निर्माणाधीन पुलको लम्बाइ ५५ मिटर छ।
बाढीले चौरासी–धुर्कोट जोड्ने पक्की पुलसमेत उच्च जोखिममा छ। त्यस्तै बाढीले निस्ती खोलामा रहेको चण्डेश्वरी हेभी इक्विपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्रयाक्टरसमेत बगाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment