मेडिकल सामाग्री किन्न चीन सरकारलाई औपचारिक पत्रचार

डिसी नेपाल
४ वैशाख २०७७ १९:५२

काठमाडौं । नेपाल सरकारले चीन सरकारसँग मेडिकल सामाग्री खरिद गर्न औपचारिक पत्र पठाएको छ ।

कोभिड–१९ (कोरोना) रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अनुमति दिए लगत्तै बिहीबार मेडिकल सामाग्रीको सूची सहित औपचारिक पत्र पठाएको हो । सरकार /  सरकार (जीटुजी) मार्फत खरिद प्रकृया अघि बढेपछि नेपाल सरकारले खरिदको मोडालिटी र सामानको सूचीसहित सम्झौता पत्र आजै पठाएको हो ।

चीनबाट ल्याउन लागेको ६७ प्रकारका औषधिको सूचीसहित क्राइसिस म्यानेजमेण्ट सेण्टर (सीसीएमसी)को बिहीबार बसेको बैठकले पत्र तयार गरी रक्षा मन्त्रालयमा पठाएको र सो पत्र आजै चीन सरकारलाई पठाइएको रक्षामन्त्रालय स्रोतले जनाएको छ ।

सेनाले २५ चैतमा मेडिकल सामाग्री खरिदको लागि ५ वटा देश चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्र पठाइएको थियो । तर, ५ देश मध्ये चीन र भारतले मात्र मेडिकल सामग्री उपलब्ध गराउने बताएपछि चीन र भारतसँग मेडिकल सामग्री ल्याउने तयारी सेनाको थियो ।

सोही बमोजिम नेपाली सेनाले दुई देशबाट ल्याउने कुल १ सय २० आइटमको मूल्य निर्धारण गरेर दुबै देशसँग सम्झौता भैसकेको नेपाली सेनाका सहायक रथी विज्ञानवेद पाण्डेले बताए । ‘हामीले खरिद गर्ने मेडिकल सामाग्रीको मूल्य निर्धारण गरेर दुबै देशसँग आज सम्झौता गरेको पत्र रक्षा मन्त्रालय पठाइसकेका छौ उतैबाट चीन सरकारलाई पठाइन्छ’, सहायक रथी पाण्डेले भने ।

पाण्डेका अनुसार चीनले गोन्जाउबाट सामाग्री उपलब्ध गराउने छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *