विश्वका बाहिर नआएका तस्वीर :  महाशक्ति अमेरिकादेखि सबैभन्दा गरीब कंगोसम्म, कोरोनासँग जुध्दै

डिसी नेपाल
७ वैशाख २०७७ ७:४७

काठमाडौं। कोरोनाभाइरस, कोविड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेशन, हट स्पट। यी केही शब्द, केही दिनमा चर्चामा आए र हेर्दा हेर्दै सबैके मुखमा झुण्डिए। आज विश्वका प्रत्येक मानिसले यी शब्द सुनेको छ वा अनुभव गरेको छ।

कोरोना भाइरसको चपेटामा विश्वका २ सयभन्दा धरै मुलुक आएका छन्। ४ अर्ब भन्दा धेरै जनसंख्या लकडाउन छ। करिव १ करोड भन्दा धेरै मानिस होम क्वारेन्टाइनमा छन्। २२ लाख भन्दा धेरै मानिस आइसोलेशनमा छन्। एक हजार भन्दा धेरै साना ठूला सहर हट स्पट बनिसकेका छन्।

विश्वको महाशक्तिशाली मुलुक अमेरिकादेखि दिएर सबैभन्दा गरिव मुलुक कंगो र मोजाम्बिकसम्म सबै मुलुक कोरोनाभाइरस जुधिरहेका छन्। कोरोना भाइरस सुरु भएको ११८ दिन भन्दा धेरै भइसकेको छ। तर डरको भाइरसले अहिले पनि साम्राज्य फैलाइरहेको छ। यो भाइरस गर्जिने र बर्सिने गरिरहेकाे छ।

कोरोना सुनामीकाबीच कतै मृतकलाई अन्तिम संस्कार गर्न चिहानको खोजी भइरहेको छ भने कतै स्वास्थ्यकर्मीको हौसला बढाउनका लागि ताली बजाइरहेका छन्। कतै खानका लागि खाने कुराको खोजी भइरहेको छ। यो सबैकाबीच जीवनको तरिकामा परिवर्तन पनि देखिएका छन्।

आज हामी केही मन छुने तस्वीरमार्फत विगत १५ दिनमा विश्वको पछिल्लो अवस्था कस्तो रह्यो? लकडाउनबीच विश्व कस्तो देखिएको छ र के गरिरहेको छ भनेर देखाउने कोशिश गरेका छौं। यी तस्वीर विश्वका विभिन्न मुलुकको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *