दुर्घटनामा एकको मृत्यु

डिसी नेपाल
७ वैशाख २०७७ २१:३१

धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ । मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४ खहरे जाँदै गरेको बा१ख ८६३६ नंको उक्त बोलेरो जीप आज सडकबाट एकसय मिटर तल खस्दा दुर्घटना भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *