कैलालीमा ‘कोभिड-१९ आपत्कालीन सेवा केन्द्र’ स्थापना

डिसी नेपाल
८ वैशाख २०७७ ८:२७

कैलाली । कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ।

स्थापना गरिएको उक्त केन्द्रबाट सरोकारवालासँगै सर्वसाधारण सबैले आपत्कालीन सेवा, सूचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

उनले भने, “सेवा केन्द्र सबै ठाउँको तत्काल समन्वय गर्ने गरी सूचना, अप्ठ्यारा तथा गुनासा एकद्वार प्रणालीमार्फत रिपोर्ट गर्ने एउटा संयन्त्र हो।”

कोरोना भाइरससँग सम्बन्धित प्रतिकार्य, उद्धार, समन्वय, उपचार तथा अन्य विषयमा कुनै सूचना, सुझाव, समस्या, गुनासो वा जानकारी भएमा निःशुल्क हटलाइन नं ११४८ मा सम्पर्क गर्न वा इमेल [email protected] मार्फत पत्राचार गर्नुहुन सरोकारवाला निकाय तथा सर्वसाधारण सबैमा अपिल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *