दक्षिण कोरियाको एक गोदाममा आगलागी हुँदा ३८ जना मजदूरको मृत्यु

डिसी नेपाल
१८ वैशाख २०७७ १५:२०

काठमाडौं। दक्षिण कोरियाको इन्चोन शहरको एक गोदाममा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ । त्यहाँको स्थानीय मिडियाका अनुसार बुधबार राति उक्त गोदामका मजदुरहरुले बेसमेन्टको लागि प्रज्वलशील सामानको प्रयोग गर्दा विस्फोट भइ आगो लागेको हो।

मर्नेहरुमा सबै मजदुरहरु रहेका छन्। त्यहाँका अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्‍ने बताएका छन् किनकी उक्त विल्डिङमा करीब ७८ जना बसेका थिए।

विस्फोटपछि प्रधानमन्त्री चुङ स्यो क्यूनले आगलागीमा उद्दार र राहत दिन निर्देशन दिएका छन्। तीन घण्टापछि बल्लतल्ल आगो निभाइएको छ भने आगो निभाउने क्रममा ८ जना दमकलका काम गर्नेहरु गम्भीर घाइते भएका छन्। घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.