लकडाउन उलंघन गर्ने १ हजार ५ सय बढी पक्राउ
फाइल फाेटाे।
काठमाडौं । उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित १ हजार ५ सय १९ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार (आज) विहान ६ बजे देखि साँझ ०५ः०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसैगरी, शनिबार नै ५ सय १२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङग्रे गरी ५ सय ५० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी कार्यालय रानीपोखरीका अनुसारकाठमाण्डौमा सबै भन्दा बढी १२ सय ४९, ललितपुरमा २ सय ४९ र भक्तपुरमा २१ जनालाई नियन्त्रणमा लिइएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी जानकारी दिए।
उनले लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि भएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन् । साथै यस कार्यालय तथा स्थानीय निकायको समन्वयमा ८८ जना विपन्न मजदुरहरूलाई राहत सामग्री समेत वितरण गरिएको छ ।







डिसी नेपाल








Facebook Comment