घुस लिएको अभियोगमा पक्राउ

डिसी नेपाल
१९ वैशाख २०७७ १९:१८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग ५० हजार घुस लिएको पाइएको छ । आयोगले आरोपी धामीलाई बिहिबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.