संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस
काठमाडौं। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम सिफारिस भएका छन्।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको राष्ट्रियसभा अध्यक्ष तिमिस्लिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।
संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि हाल सभामुख अग्नि सापकोटाले कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई नियुक्त गरेका थिए। उक्त नियुक्तीप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment