सांसद अपहरण काण्ड डा. बाबुराम भट्टराईले अपहरण गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी
काठमाडौं । सांसद अपहरण प्रकरणमा नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ले राष्ट्रिय मानव अधिकार आयोगका काउन्टर उजुरी दर्ता गराएका छन्। अपहरणको आरोप लागेका सांसद बस्नेत र श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले आफूहरुले अपहरण नगरेको र होटलबाट समाजवादी पार्टीका नेताहरुले नै अपहरण गरेको भन्दै सोमबार आयोगमा काउण्टर उजुरी दिएका हुन्।
आयोग कार्यालय हरिहर भवन पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा।सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको जिकीर गरेका छन्। आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा।यादवले बैशाख १८ गते आयोगमा उजुरी दिएका थिए। उनको उजुरीमा छानबिन सुरु नहुँदै उनीहरुले काउन्टर उजुरी दर्ता गराएका हुन्। यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआइजिपीले आफूहरुले अपहरण नगरेको भन्दै निवेदन दिएका हुन्।
महोत्तरीस्थित घरमै रहेका डा यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले बैशाख १० गते काठमाडौं ल्याएका थिए। तीनजना आयोगको कार्यालयमा पुगेर उजुरी आयोगका सदस्य प्रकाश वस्तीलाई बुझाएका छन्। उनीहरुले डा।यादब स्वयंले पाटीका सचेतक उमाशंकर अरगररयालाई नँया अध्यादेश अनुसार छलफल गर्न काठमाडौ जानुपर्ने भएको त्यसबारे आफूहरुलाई काठमाडौ लगिदिन सहज वातावरण बनाइदिने जनाएपछि उनीहरु आफै काठमाडौ आएको आफूहरुले अपहरण नगरेको समेत दावी गरेका छन् । उनीहरले डा. वाबुराम भट्टराई र अर्का नेता आङ काजी शेर्पाले अपहरण गरेको र उनीहरुलाई शरीरबन्धको सम्बन्धी मुद्धाको दावी समेत गरेका छन् । त्यसैगरी उनीहरु विरुद्ध साइबर अपराध सम्बन्धी मुद्धा लाग्ने समेत जनाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment