अमेरिकामा कोरोनाबाट एक महिनाकै सबैभन्दा कम मानिसको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७७ १२:१६

बीबीसी । अमेरिकामा सोमवार कोरोनाभाइरस सङ्क्रमणका कारण १,०१५ जनाको मृत्यु भएको छ जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो।

अमेरिकाको एउटा आन्तरिक सरकारी दस्तावेजले त्यहाँ जुन १ तारिखसम्ममा सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या ह्वात्तै बढ्ने अनुमान गरिएको न्यूयोर्क टाइम्स दैनिकले लेखेको छ।

त्यो अनुमान अनुसार यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक दुई लाख सङ्क्रमण र लगभग दैनिक ३,००० को मृत्यु हुनेछ।

तीस खर्ब डलर ऋण

यसैबीच, अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण सापटी लिने बताएको छ।

सो सापटी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको र कोरोनाभाइरस राहतका लागि आवश्यक खर्च यसले धान्ने बताइएको छ।

यो रकम सन् २००८ को आर्थिक मन्दीको बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै भएको बताइएको छ।

अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २५० खर्ब डलर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *