पिठोभित्र १५ हजार राखेर गरिबलाई बाँडेको विषयमा बोले आमिर खान

डिसी नेपाल
२३ वैशाख २०७७ १३:०४

काठमाडौं। कोरोनाभाइरसको प्रकोपका बीच गरिबी र अभावमा बाँच्न बाध्य भएकाहरुको लागि व्यवसायी र सेलिब्रेटीहरुले सहयोग अभियान चलाइरहेका छन् । धेरैले यसरी सहयोग गरेका छन् तर केही गलत समाचारहरु पनि फैलाइएका छन् । केही दिनअघि बलिउड सुपरस्टार आमिर खानको बारेमा यस्तै हल्ला फैलियो । आमिर खानले गहुँको पिठोभित्र १५ हजार रुपैयाँ राखेर बाँडेको र लकडाउनको क्रममा संकटमा परेका व्यक्तिहरुलाई सहयोग गरेको हल्ला फैलाइएको थियो ।

यद्यपि यो हल्ला झुटो भएको प्रस्ट भएको छ । आमिर स्वयंले यो कुराको खण्डन गरेका छन् । आमिरले आफ्नो ट्वीटरमा लेखेका छन् ‘साथीहरु आटाको प्याकेटमा नोट लुकाएर बाँड्ने व्यक्ति म होइन । या त त्यो पूर्ण रुपमा फेक समाचार हो या त्यो व्यक्ति कुनै रबिनहुड हो जो आफ्नो बारेमा केही बताउन चाहँदैनन् । सुरक्षित रहनु । तपाइँहरुलाई धेरै माया । आमिर ।’

केही दिन पहिले अनिल कुमार खालिंग नामको फेसबुक प्रयोगकर्ताले एक पोस्ट शेयर गर्दै लेखेका थिए कि आमिर खानले १ किलो आटाको प्याकेटभित्र १५ हजार रुपैयाँ दिए । जसले प्याकेट लिए उनीहरुले प्याकेट खोलेपछि यो सरप्राइज पाए । सामाजिक संजालमा ठूलो संख्यामा यो पोस्ट शेयर गरिएको छ । ट्वीटरमा एउटा टिकटक भिडियो पनि भाइरल भयो जसमा भनिएको थियो कि केही व्यक्तिहरुले प्याकेट लिन अस्वीकार गरेका थिए तर जसले लिए उनीहरुले १५ हजार रुपैयाँ नगद पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.