उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५ सय बढी नियन्त्रणमा

डिसी नेपाल
२३ वैशाख २०७७ २१:४२
4
Shares

काठमाडौं । उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ९६ महिला सहित १ हजार ५ सय ५३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार विहान ६ बजे देखि साझ ५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसैगरी, ६ सय ११ वटा दुई पाङ्ग्रे र ७६ वटा चारपाङग्रे गरी ६ सय ८७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १ हजार २ सय १९, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १४ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि उनले आग्रह गरे। साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १ सय १७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.