तुलसीपुरमा म्याद नाघेका सामान बिक्री

डिसी नेपाल
२४ वैशाख २०७७ ८:२२

दाङ । तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमन गर्दा धेरै पसलमा म्याद नाघेका सामग्री भेटिएको छ।

उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, र जनप्रतिनिधिसहितको टोलीले मङ्गलबार तुलसीपुरका आठ खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरमा अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामग्री जफत गरिल्याएको छ।

सरोकार पक्षको रोहवरमा ती सामग्री नष्ट गरिने बताएको छ।
त्यस्तै कतिपय पसलले सामग्री बिक्री गर्दा बिल जारी नगर्ने र मूल्य सूची नै नराखेको पाइएको उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाका प्रमुख रेवा रावतले जानकारी दिए ।

उनका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने व्यवसायीलाई सजग गराइएको र फेरि पनि भेटिए कानूनबमोजिम कारवाही गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *