अख्तियारलाई २ डिएसपी र ११ इन्स्पेक्टरको दरवन्दी थप्ने तयारी

डिसी नेपाल
२४ वैशाख २०७७ २०:५८

काठमाडौं । नेपाल प्रहरीमा २ डिएसपी र ११ इस्पेक्टरको दरबन्दी थप्ने तयारी गरेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शसक्त गराउन प्रहरीको दरबन्दी थप्ने तयारी गरेको हो ।

कोरोना संक्रमणको कारणले नयाँ भर्ना र दरवन्दी थप गर्ने विषय अड्केको भएपनि गृहमन्त्रालय त्यसको तयारी गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार अख्तियारलाई आवश्यक जनशक्ति थप गर्ने विषयमा प्रधानमन्त्री नै सकारात्मक बनेपछि दरवन्दी थप्ने तयारी भएको हो ।

नेपाल प्रहरीमा २ डिएसपी र ११ इस्पेक्टरको दरबन्दी थप्ने कार्यको अन्तिम तयारीमा पुगेकोले तत्काल हुने भनिएको इस्पेक्टरहरुको बढुवा अझ केहि दिन पर सर्ने भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिआइजीको कमाण्डमा नेपाल प्रहरी परिचालिन हुने गरेको छ । हाल नेपाल प्रहरीबाट अख्तियारमा करिब ४ सय प्रहरी खटिएका छन् । अख्तियारमै छुट्टै इन्टेलीजेन्स व्यूरो पनि गठन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.