आज बुद्धजयन्तीका दिन सार्वजनिक बिदा, साँझ दीप बाल्न प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
२५ वैशाख २०७७ ७:०५

काठमाडौँ । सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ।

मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै प्रधानमन्त्री केपी शर्माओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.