स्वीस सरकारले सहयोग गरेको ३० हजार पीसीआर किट स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
काठमाडौं । नेपालमा कोरोनाको परीक्षणका लागि स्वीस सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।
बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी विमानमार्फत आएको पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ ।
विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment